गुनासोहरुको समाधान

कुनै पनि संगठनमा ग्राहक वा कर्मचारीहरुले आफ्नो गुनासो व्यक्त गर्न सक्दछन। गुनासो संगठन भित्रको बिवाद हो भन्न सकिन्छ। कुनैपनि संगठनले आफ्ना ग्राहक कर्मचारी तथा शेयर धनीहरुसँग सुमधुर सम्बन्ध कायम गर्नका लागि गुनासो समाधान गर्ने क्षमता राखनु पर्दछ।

गुनासो समाधान गर्ने तरीकाहरुः-

१. उचित प्रक्रियाको छनौट

गुनासो समाधान गर्नकालागि सर्बप्रथम उचित प्रक्रियाको छनौट गर्नु पर्दछ। जहाँ प्रत्येक प्रक्रियाका लागि एक बिज्ञको आवश्यकता पर्दछ। जसले गर्दा कुनै समस्या उत्पन्न नभइ समस्या समाधान गर्न सहज वातावरण सृजना हुन्छ। यसले गर्दा व्यवसायिक लक्ष्य हासिल गर्न तथा संस्थाको सफलतामा समेत सकारात्मक प्रभाव पर्न सक्दछ। त्यसैले कुनै कार्य बढाउनु अघि उचित प्रक्रियाको छनौट गर्न अत्यावसेक छ।

 

२ . समस्याको जाँच

यस चरणमा उत्पन्न भएको द्वन्द वा गुनासोको बिशिष्ट तरीकाले परिक्षण गर्नु पर्दछ। जुन बिभिन्न कारणहरुबाट उत्पन्न हुने गर्दछ त्यस्ता कारणहरु उत्पन्न हुनुका मुख्य स्रोतहरु पत्ता लगाइ तिनिहरुलाइ उपयुक्त संयन्त्रहरु प्रयोग गरी सहज वातावरणमा समाधान गर्ने प्रयास गर्नु पर्दछ। जस्ले व्यवसायलाइ सहजरुपमा संञ्चालन गर्न मद्धत गर्दछ। यस प्रक्रियाले संगठनलाइ गुनासो सम्बन्धि आवश्यक प्रमाण संकलन गर्न र उपयुक्त निर्णय लिनका लागि समेत सहज वातावरण सृजना गराउँदछ।

 

३. बैठकको तयारी

माथिका चरणहरु पार गरी सकेपछि यस चरणमा प्राप्त भएका प्रमाणहरुका बारेमा छलफल गर्नका लागि बैठक अत्यावश्यक हुन्छ। जसका लागि निश्चित स्थान तयार गरी आवश्यक सबैलाइ जानकारी गराउनु पर्दछ। यस चरणमा उत्पन्न भएका द्वन्द तथा गुनासोको समाधानका लागि आवश्यक सम्पुर्ण कार्यहरु सम्पादन गर्नु पर्दछ। जसले व्यवसायलाइ भविष्यमा कुनै पनि प्रकारको समस्या नल्याउने गरि निर्णयहरु तयार गर्नु पर्दछ।

 

४ . आफ्नो निर्णय लिने

यस चरणमा प्राप्त भएका प्रमाणहरुको बिश्लेषण पछि उपयुक्त निश्कर्ष निकाल्नु पर्दछ।सबै पक्षलाइ संन्तुष्ठ  पार्ने प्रकृतिको तथा दोहोरो अर्थ नलाग्ने निर्णय तयार गर्नु पर्दछ जसले संस्थामा सुमधुर सम्बन्ध कायम गर्न मद्धत गर्दछ। यदि कुनै असंतुष्टि आएमा त्यसको उपयुक्त कारण खोजि त्यसलाइ समाधान गर्नु पर्दछ।जसले निर्णयकर्ताको कार्यमा सकारात्मक प्रभाव पर्नगइ संस्थागत सफलता समेत हासिल गर्न मद्धत गर्दछ।

 

५ . कार्यन्वयन गर्ने

छलफल पछि संस्थाले निर्णयमा आधारीत योजनाहरुको कार्यन्वयन गर्नु उपयुक्त हुन्छ र त्यस्ता समस्याहरुबाट बच्नका लागि केहि नयाँ प्रकृतिका कार्यहरुको थालनि गर्नु पर्दछ। निर्णयहरुबाट आएका कुराहरुको कार्यन्वयन गर्न अत्याश्यक छ। जसले चालु प्रक्रियाहरुमा फेर बदल समेत गराउन सक्दछ। त्यस कारण संगठनले सम्पुर्ण निर्णय तथा कागजात हरूको उचित व्यवस्थापन गरेर भविष्यमा आइपर्ने समस्याहरुको प्रमाणका रुपमा सुरक्षित राख्नु पर्दछ। यसले संगठनलाइ सहज रुपमा संचालन गर्न र भविष्यमा आइपर्ने बिभिन्न समस्याहरुबाट समेत बचाइ राख्न महत्वपुर्ण भुमिका निर्वाह गर्दछ।

६ तरीकाहरुको पालना

कुनै पनि संगठनलाइ बिकाष तथा बिस्तार गर्नका लागि उचित सुझावहरुको आवश्यकता पर्दछ। ग्राहकहरुसँग सुमधुर सम्बन्ध कायम गर्नका लागि एकपछि अर्को कार्यहरु सफलतापुर्वक सम्पादन गर्दै जानु पर्ने हुन्छ। यसले ग्राहको मनमा संस्थाप्रती सकारात्मक सोच निर्माण गर्नका साथै ग्राहक प्रति संस्थाको बलियो छाप राख्न मद्धत गर्दछ।

१ . व्यक्तिगत उपस्थति

व्यक्तिगत उपस्थिति भनेको कुनै घटना वा कार्यक्रममा आफूलाइ समावेश  गराउनु हो। जहाँ ग्राहकहरुको कुरा सुन्ने, बिचार गर्ने तथा त्यसका बारेमा अनुसरण गर्ने गर्नु पर्दछ। ग्राहकहरुलाइ आफ्नो उपस्थिति महसुस गराउन उनिहरु समक्ष पुग्नु पर्दछ। कुनै पनि बिषयमा आफ्नो बिचार व्यक्त गर्ने तथा सक्रिय कुराकानि गर्ने कार्यहरु यस चरणमा पर्दछ। जसले गर्दा ग्राहकहरुलाइ प्रभाबपारी भविष्यमा बिभिन्न सम्झौताहरु गर्न महत्वपुर्ण भुमिका खेल्दछ।

 

२ . बास्तविक ध्यान

ग्राहक समक्ष उपयुक्त वार्तालाप गर्ने र वास्तविकता अवगत गराउने कार्य यस चरणमा पर्दछ। ग्राहकहरुसँग प्रसंशनिय सम्वादहरु प्रयोग गर्ने प्रयास गर्नु पर्दछ। जहाँ आफुले गरेको अनुभव हरुलाइ आधार बनाइ ग्राहक समक्ष सान्दर्भिक कुराहरु प्रदान गर्ने प्रयास गर्नु पर्दछ जसले उनिहरुसँग सधै जोडिरहन मद्धत गर्दछ।

 

३ . सरलता

जब ग्राहकहरुसँग छलफल तथा बार्तालाप सम्पन्न हुन्छ तव उनिहरुलाइ आफ्नो व्यवसायको बारेमा संन्देश दिन सकिन्छ। यसरि संन्देश प्रदान गर्दा सरल माध्यमको प्रयोग गर्नु पर्दछ। उनिहरुको सकरात्मक जवाफको प्रतिक्षा गर्ने, एउटै संदेशमा अधिक जानकारी समावेश नगर्ने जसले उनिहरुको रुचिमा कमि ल्याउन सक्दछ। त्यकारण आकर्शक जानकारी, मीठो र सरल भाषाको प्रयोगमा जोड दिनुपर्दछ।

 

४ . आफू अघिबढ्नुको वास्तविक कारण प्रकट गर्नु

ग्राहकहरुसँग बारम्मबमार सम्पर्कमा रहनुको स्पष्ट कारण पहिचान गर्नु पर्दछ। ग्राहकको अनुगमन गर्दा त्यस्तो तरिकाले गर्नु पर्दछ की उ व्यवसायप्रति सधै सकारात्मक रहोस र व्यवसायको उत्पादन प्रति आकर्शित र संतुष्ट रहोस। ग्राहक मुल्याङ्कन गर्दा आफनो लक्ष्य तथा यद्देश्य केन्द्रित हुनु पर्दछ सो भन्दा बाहिर गएर कार्य गर्नु हुदैन।

 

५ . समयको बास्तविक महत्व

जुनसुकै ग्राहकको अनुसरण गर्दा पनि समयको बारेमा सचेत ‍हुनु पर्दछ । ग्राहकसँग २४ घण्टाभित्र जोडिने प्रयास गर्नु पर्दछ जसकालागि सहि समयको प्रयोग गर्नु पर्दछ। ग्राहकमुखि समयको पहिचान गरि सोहि समयमा मात्र ग्राहकहरु समक्ष जोडिने प्रयास गर्नु पर्दछ।

 

६ . सामाजिक सञ्जालामा जोडिने

आफ्नो व्यवसायको क्षेत्रलाइ बृद्दि गर्नका लागि सामाजिक सञ्जाल एक महत्वपुर्ण माध्यम हो। त्यसैले आफ्ना लक्षित ग्राहकहरुसँग सम्पर्कमा रहिरहनकालागि सामाजिक सञ्जालहरुको प्रयोग गर्नु पर्दछ जसले आफ्नो सञ्जाल बिस्तार गर्न मद्दत गर्दछ किनकि सामाजिक सञ्जालबाट पुराना ग्राहकहरुले नयाँ ग्राहकहरुलाइ पनि आफूसँग जोड्ने कार्य गर्दछन जसले व्यवसायलाइ सफल बनाउन मद्दत गर्दछ।

Download Moru App to Pay from anywhere
Cashback & Offers

Exciting cashback and offers are waiting for you.

Refer & Earn up to 100

Refer Moru to your friends and family and get rewarded.

Recharge & Pay Bills
About Us
Career
Go Digital Now
Notices
© 2023 Moru. All Rights Reserved. Terms of Use