1xBet मा मोरू खाताको दुरुपयोग सम्बन्धी सूचना।



मोरू डिजिटल वालेट
(नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक”) का तर्फबाट
ग्राहक महानुभावहरूका लागि अत्यन्त जरुरी सूचना  

नेपाल सरकारबाट पूर्ण रूपमा प्रतिबन्धित गरिएका गैर कानुनी क्रियाकलापहरू जस्तै 1xbet मा मोरू खाताको दुरुपयोग गरी मोरू परिवार मा रहनु भएका ग्राहक वर्ग लाई त्यस्ता क्रियाकलापमा सामेल गराउने तथा भुक्तानी कार्यमा दुख दिने गरेको जस्ता सूचना प्राप्त भएको र यस कार्यप्रति मोरू परिवारको गम्भीर ध्यानाकर्षण भएको छ।

तसर्थ नेपाल सरकारबाट पूर्ण रूपमा गैरकानुनी भनी प्रतिबन्ध गरिएको यस्ता कार्यमा संलग्न भई कारोबार गरिएका खाताहरूलाई कारवाहीका लागि नियामक निकायमा जानकारी गराउने र खाता पूर्णरूपमा बन्द गरी प्रचलित कानुन बमोजिम सजाय हुने व्यवस्था भएकोले अबका दिनमा यस्ता कानुन विपरीत गतिविधिहरूमा संलग्न नभइदिनुहुन मोरू प्रयोगकर्ताहरूसँग मोरू परिवार विनम्र अनुरोध गर्दछौँ। साथै अन्य प्रकारका गैर कानुनी क्रियाकलापहरूलाई अझ सुस्मढङ्गले अनुगमन गर्दै एक स्वच्छ कानुनी रूपमा मान्य सुरक्षित ग्राहकमुखी डिजिटल सेवालाई अब्बल बनाउने प्रतिबद्धता समेत व्यक्त गर्दछौँ।

साथै मोरू प्रयोग कर्ताहरू समक्ष 1xbet तथा सरकारबाट प्रतिबन्धित क्रियाकलाप गर्ने तथा गराउने कार्यमा मोरूको तर्फबाट कुनै सहकार्य नरहेको र भविष्यमा समेत नरहने कुरा स्पष्ट जानकारी गराउँदै यस सम्बन्धी वा अन्य जुनसुकै समस्याको बारेमा जानकारी गराउनका लागि info@moru.com.np मा  इमेल तथा +977-1-4543888, +977 9801035348 मा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।

सहयोगको लागि धन्यबाद।
कानुन तथा अनुगमन विभाग मोरू
मोरू डिजिटल वालेट

 

Download Moru App to Pay from anywhere
Cashback & Offers

Exciting cashback and offers are waiting for you.

Refer & Earn up to 100

Refer Moru to your friends and family and get rewarded.

Recharge & Pay Bills
About Us
Career
Go Digital Now
Notices
© 2023 Moru. All Rights Reserved. Terms of Use