![](https://moru.com.np/company/wp-content/uploads/2019/12/3-approaches-with-personal-video-1-S.png)
सम्भावित ग्राहकहरुलाइ जोड्ने एक महत्वपुर्ण माध्यम व्यक्तिगत भिडियो हो। व्यक्तिगत भिडियो भन्नाले कुनै पनि व्यवसायले आफ्ना ग्राहकहरु प्रति लक्षित भएर तयार पारेको जानकारीमुलक सन्देशलाइ बुझ्नु पर्नेहुन्छ। व्यक्तिगत भिडियोले बिक्रि प्रक्रियामा महत्वपुर्ण भुमिका खेल्दछ, त्यसैले व्यक्तिगत भिडियोहरु आफ्ना व्यक्तिगत ग्राहकरुलाइ पठाउन तथा सामाजिक सञ्जालहरुमा समावेश गराउन सकिन्छ। व्यक्तिगत भिडियोका दृष्टिकोणहरु निम्नानुसार अध्ययन गर्न सकिन्छ।
१.थप भिडियोहरु
मानिसहरुले भिडियोको माध्यमद्धारा अधिक ज्ञान तथा जानकारीहरु प्राप्त गर्न सक्दछन। भिडियोहरुको माध्यमद्वारा ग्राहकहरुलाइ उत्पादनका बारेमा जानकारीहरु गराउन सकिन्छ। ग्राहकरहरुलाइ भिडियोद्वारा उत्पादीत बस्तुहरु दैनिक जीवनमा कसरी प्रयोग गर्ने भन्नेबारे जानकारी प्रदान गर्न सकिन्छ। यो बिशेष व्यक्तिमा मात्र केन्द्रित हुनुहुदैन अर्थात भिडियोहरुमा स्थानिय वा व्यक्तिगत भाषाहरु प्रयोग गर्नु पर्दछ ताकि फरक-फरक समुदायका व्यक्तिले पनि यो भिडियो बुझ्न सकुन।
२.इमेलमा भिडियोको लिंकहरुको समावेश
बिभिन्न व्यक्तिहरुलाइ सन्देश पठाँउने उपयुक्त माध्यम इमेल हो। जहाँ व्यवसायको भिडियोहरुको लिंक समावेश गर्न सकिन्छ। भिडियो हरुको लिंक समावेश गर्दा यथार्थ जनाकारी प्रदान गर्ने प्रकृतीको हुनुपर्दछ। जसले ग्राहकहरुलाइ सो भिडियो हेर्न आकर्षित गर्न सकोस। इमेलमा भिडियो समावेश गर्दा छोटो प्रभावकारी र ग्राहकहरुले बुझ्न सक्ने प्रकारका सन्देशहरु समावेश गर्नु पर्दछ। साथै व्यवसायले आफ्नो भिडयो हेर्नकालागि अनुरोध पनि गर्नु पर्दछ जस्ले गर्दा ग्राहकहरुलाइ आकर्शित गर्न मद्धत गर्दछ।
३.सामाजिक संजालहरुमा भिडियो
आजको समयमा सबैभन्दा बढि प्रयोग हुने सामाजिक सञ्जालहरु जस्तै, फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम आदि हुन। कुनैपनि भिडियो सामाजिक सञ्जालमा समावेश गर्दा त्यसको वास्तविक लिंकहरु समावेश गर्नु पर्दछ ताकी ग्राहकहरुले सहि सुचना प्राप्त गर्न सकुन। यसरी भिडयो समावेश गर्दा ग्राहकहरुको समय रुचिलाइ ध्यानमा राखि छोटो तथा सुचनात्मक भिडियोहरु मात्र सामाजिक सञ्जालहरुमा समावेश गर्नु पर्दछ जस्ले छोटो समयमा सम्पूर्ण जानकारी स्पष्ट रुपमा प्रदान गर्न सकोष।