बिक्रिका ५ अवरोधहरु



कुनै पनि संगठनमा भएको गल्ति वा त्रुटिहरुको कारणबाट बिक्रि कार्यमा समस्या आउन सक्दछ। जसका कारण बिक्रिकार्यमा अवरोध आउँदछ। साथै कर्मचारिहरु बिच आपसि समझदारि सद्भाव¸ ज्ञान सिप तथा क्षमताको कमिले पनि बिक्रिमा अवरोध सृजना गराउन सक्दछ। कुनै पनि संगठनमा बिक्रि असफल हुनका पाँच कारणहरु निम्नानुसार हेर्न सकिन्छ।

  • अयोज्ञ नेतृत्व

योजनाहरुको कार्यन्वयन गर्न नेतृत्वले महत्वपुर्ण भुमिका खेल्दछ। यदि समय सापेक्ष नेतृत्वको अभाव भएमा बिक्रि योजनाले अपेक्षित प्रतिफल दिन सक्दैन। नेतृत्वको अभावले बिक्रि कार्यमा असफलता ल्यउनका साथै कर्मचारीहरुको मनोबल घटाउने तथा ग्राहक हरुलाइ राम्रो सेवा दिन नसक्ने भएकाले व्यवसायले आफ्ना सक्रिय ग्राहकहरु गुमाउन सक्दछन जुन व्यवसायको लागि ठूलो असफलता हो।

  • प्रथमिकतामा असफल

कुनै पनि संस्थाहरुमा बिक्रिकार्यमा बिभिन्न किसिमका त्रुटिहरु आउन सक्दछ। जुन नेतृत्वमा प्रथमिकता प्रदान गर्न नसक्नाले हो। समयको उचित परिचालन गर्न नसक्नु यसको प्रमुख कारण हो। प्रथमिकताको अभावका कारण संगठनले आफ्नो लक्ष्य तथा उद्धेश्य प्राप्तिमा असफल रहन सक्दछ । प्रथमिकताको अभावका कारण व्यवसायमा भएका स्रोत तथा साधनको गलत परिचालन हुन सक्दछ,जसले अवसरहरु गुम्ने तथा संस्थालाइ नकारात्मक असर समेत पार्न सक्दछ।

  • ज्ञानको अभाब

बिक्रि असफल हुनको अर्को महत्वपूर्ण कारण ज्ञानको अभाब पनि हो।ज्ञानको अभाबले संगठनात्मक लक्ष्यहासिल गर्न असम्भब छ।जसका कारण कर्मचारीहरुलाइ उचित मार्गदर्शन गराउन सकिदैन त्यसैले बिक्री कार्यमा गल्ति आउँदछ। ज्ञानको अभावका कारण संगठनात्मक लक्ष्य हासिल गर्न सकिदैन किनकी यसले अवसरहरुको सहि सदुपयोग गर्न सकिदैन र संगठनलाइ असफल बनाउँदछ। अन्त्यत संगठन अधिक लाभ लिन असफल बन्दछ।

  • अव्यवस्थित विक्रि

अव्यवस्थित बिक्रिलाइ बिक्रि असफल हुनका प्रमुख कारणका रुपमा लिन सकिन्छ।यसले बस्तुको गुणस्तरमा कमि ल्यउँदछ। यदि संगठनको उत्पादन गुणस्तरीय हुन नसकेमा बस्तु भण्डारमानै रहने हुन्छ जसले भण्डारण लागतमा बृद्धि गराउँदछ।जसकारण बिक्री प्रक्रिया लामो हुनगइ बिक्रि समापनमा बढि समय लाग्ने हुन्छ ‍जुन व्यबसायका लागि नकारात्मक पक्ष हो।जसले गर्दा कर्मचारीहरुमा आफ्नो कार्य प्रति असंतुष्ठ हुने तथा एक आपसमा द्धन्द सृजना हुन सक्दछ।

  • अपर्याप्त प्रतिक्रिया

ग्राहकहरु प्रति अपर्याप्त प्रतिक्रियाका कारण विक्रिमा त्रुटि हुन सक्दछ। अपर्याप्त प्रतिक्रियाले संस्थाप्रति कर्मचारी वा ग्राहककहरुको विश्वाष कम हुन सक्दछ यसले कर्मचारी तथा ग्राहकहरुमा अन्योल उत्पन्न हुनगइ प्रतिस्पर्धिहरुले फाइदा लिन सक्दछन। अपर्याप्त प्रतिक्रियाले संस्थाको नियमित बिक्रिलाइ कम गर्ने गर्दछ, जसले लक्ष्य हासिल गर्न तथा उच्च बिक्रि गर्नका लागि समस्या ल्यउदछ।

Download Moru App to Pay from anywhere
Cashback & Offers

Exciting cashback and offers are waiting for you.

Refer & Earn up to 100

Refer Moru to your friends and family and get rewarded.

Recharge & Pay Bills
About Us
Career
Go Digital Now
Notices
© 2023 Moru. All Rights Reserved. Terms of Use