अधिक बिक्री



कुनै पनि संगठनको प्रमुख लक्ष्य भनेको नै बिक्रि अधिक गर्नु हो । जसकालागी संगठनले गुणस्तरीय बस्तुको उत्पादनमा जोड दिनु पर्दछ। उपभोक्तालाइ संतुष्ठि प्रदान गर्ने तथा वातावरण अनुकुल बस्तुको उत्पादनमा अग्रसर हुन आवश्यक छ। संगठनले बिक्री अधिक गर्न निम्न कार्यहरु अबलम्बन गर्नु उपयुक्त हुनेछ।

१ . नियमित ग्राहक

व्यबसायको प्रमुख पक्षका रुपमा ग्राहकहरु रहने गर्दछन । व्यबसायले ग्राहकहरुलाइ आकर्शण गर्नका लागि बिभिन्न अवसरहरुको व्यवस्था गर्नु पर्दछ जस्तैः बिषेश छुटको व्यवस्था गर्ने, बस्तुका  बारेमा जानकारी प्रदान गर्ने, बिक्रीको प्रस्ताव गर्ने यस्ता कार्यरु गरेमा नियमित ग्राहकहरुलाइ आकर्षण गर्न सकिन्छ। ग्राहकसँग बारम्बार संम्पर्कमा रहने जस्ता कार्यहरु गरेमा बस्तुतथा सेवाको प्रचार प्रसार हुन गइ अधिक बिक्रि कार्यमा सफलता हासिल ग्रर्न सकिन्छ।

 

२ . कम बिक्रि हुने उत्पादनलाइ सुचिबाट हटाउने

बजारमा व्यवसायको छविकायम राख्नकालागि बिक्रि प्रक्रीया महत्वपुर्ण पक्ष हो। त्यसैले उत्पादन गुणस्तरीय र ग्राहकहरुको आवश्यकता पुरा गर्ने प्रकृतिको हुनुपर्छ। आजको समयमा हरेक ग्राहकहरुले गुणस्तरीय र भरपर्दो बस्तुको उपभोग गर्न रुचाउँछन त्यसैले व्यवसाले गुणस्तरीय बस्तु उत्पादन गर्ने र ग्राहकको चाहाना तथा कम बिक्रिहुने बस्तुको पहिचान गरी सो बस्तुलाइ उत्पादन सुचिबाट हटाउनु पर्दछ।

 

३ . बजार अन्वेशण र विस्तार गर्ने

बजार बिभिन्न बस्तु तथा सेवाको आदान प्रदान हुने स्थान हो । यदि संगठनले वास्तविक बजारको खोजि तथा बिस्तार गर्न सकेमा आफ्नो लक्ष्य हासिल गर्न सक्दछ।  आजको समयमा धेरै संस्थाहरुले एक आपसमा मिलेर पनि फाइदा लिइ रहेका छन। त्यसैले एक आपसमा मिलेर व्यवसाय सञ्चालन गरेर पनि बजार विस्तार गर्न सकिन्छ। जस कारण बजारको अधिक भाग ओगट्न सफल हुन्छ।

 

४ . उपयुक्त बिक्री प्रक्रिय

अधिक बिक्रि गर्नका लागि कंम्पनिले एक प्रभावकारी बिक्री प्रक्रियाको अवलम्बन गर्नु पर्दछ। जसले बिक्रिका लागि एक महत्वपुरुण भुमिका खेल्दछ र अनावश्यक प्रक्रियाहरुलाइ हटाउदै उचित प्रक्रियाको अबलम्बन गर्न मद्धत गर्दछ साथै आवश्यक लक्ष्य प्राप्तिमा सहज तथा समयको बचत गर्न समेत सहयोग गर्दछ। यो प्रक्रियाले कम्पनिको अतिरिक्त लागतलाइ कम गरि व्यवसायलाइ सफल बनाउन मद्धत गर्दछ। जसले गर्दा प्रतिस्पर्धिहरुलाइ परास्त गरी अघि बढ्न सकिन्छ।

 

५ . नविन दृस्टिकोणहरुको प्रयोग

परम्परागत प्रक्रियाहरु भन्दा बिक्रि अधिकतम गर्नका लागि आधुनिक प्रक्रियाहरुको आवश्यकता पर्दछ। आजको समयमा बजार निरन्तर रुपमा परिवर्तन भइरहने भएकाले व्यवसायले ग्राहकहरुलाइ केहि नविन अनुभव प्रदान गर्ने प्रकृतिका सेवाहरु प्रदान गर्नु पर्दछ। आजको समयमा ग्राहकहरुले माग गरेकको बस्तु तथा सेवा तुरुन्त उपभोग गर्न चाहान्छन जसका लागि होम डेलिभरीको सुविदा प्रदान गर्नु पर्दछ। त्यस्तै आफ्नो उत्पादनलाइ स्थानिय स्तरमा सजिलै प्रप्त गर्नेसक्ने प्रकृया अवलम्बन गर्नु पर्दछ। जस्ले गेदा ग्राहको समय बचत हुन गइ ग्राहकहरु व्यवसाय प्रति सकरात्मक बन्दछन। व्यववसायले बिक्रि अधिक गर्नका लागि बिभिन्न सञ्चारका कमाध्यमहरु प्रयोग गर्नु पर्दछ जसले अधिक ग्राहक समेट्न सद्धत गर्दछ।

Download Moru App to Pay from anywhere
Cashback & Offers

Exciting cashback and offers are waiting for you.

Refer & Earn up to 100

Refer Moru to your friends and family and get rewarded.

Recharge & Pay Bills
About Us
Career
Go Digital Now
Notices
© 2023 Moru. All Rights Reserved. Terms of Use