+977-1-4543888     +977 9801035348  

अब डिजिटल जीवन शुरु

डिजिटल सेना रिलोडेड

 अब मोरु डिजिटल वालेटले डिजिटल सेनाको भर्तिको लागि आह्वान गरेको छ । के तपाईं नेपालमा डिजिटल अर्थव्यस्थाको आधारसिलाको रुपमा सेवा गर्न चाहनुहुन्छ, जसका लागि मोरु तपाईको लागि एउटा महत्वपूर्ण माध्यम हुनसक्छ।

एक डिजिटल सेनाको रुपमा तपाईले कति व्यक्तिलाई डिजिटल प्रेरणा दिन सक्नु हुन्छ र डिजिटल  अर्थव्यवस्था तिर लैजान सक्नु हुन्छ भन्ने आधार द्वारा मोरुले तपाईलाई कमाईको अवसर प्रदान गर्नेछ। जस अन्तर्गत अनवीज्ञ व्यक्तिहरुलाई उनिहरुको डिजिटल जीवन सुरु गर्न र हौसला प्रदान गर्न सक्नुहुनेछ ।

एक डिजिटल सेनाको रुपमा तपाईले आफ्नो र तपाइको क्षेत्रका सम्पूर्ण व्यक्तिहरुलाई डिजिटल प्रेरणा प्रदान गर्न सक्नुहुनेछ  ।

जसका लागि तपाईले गर्नु पर्ने काम:

१.      मोरु एपमा भएको आफ्नो रेफरल लिंक शेयर गर्नु पर्नेछ।

२.      लिंक प्राप्त गर्ने व्यक्तिलाई डिजिटल जिवन कसरि उपयुक्त छ र यसको बारेमा जानकारी प्रदान गर्नुहोस्।

३.      डिजिटल कारोबार गर्नकालागि आह्वान र सहयोग गर्नुहोस्।

कमाई कसरी हुनेछ :

          जव लिंक प्रप्त गर्ने ब्यक्तिले आफ्नो मोरु खाता दर्ता गर्छन तपाईले रु.९.९९ प्राप्त गर्नुहुनेछ।

          जव लिंक प्रप्त गर्ने ब्यक्तिले आफ्नो मोरु वालेटबाट पहिलो ३ बटा कारोवार गर्छ तपाईले सो कारोवार वापत रु.५.५६ का दरले, रू.१६.६८ बोनस प्राप्त गर्न सक्नुहुनेछ।

यसरी तपाईले एक व्यक्तिलाई डिजिटल प्रेरणा प्रदान गरेर मोरु बाट रु २६.६७ सम्म कमाई गर्न सक्नुहुनेछ।

साथै डिजिटल जिवन शुरु गर्ने व्यक्तिले समेत दर्तामा रु.६.६६ बोनस प्राप्त गर्नुहुनेछ।

 

यस सँग मोवाईल टपअपमा मोरुको ३% बोनस तथा अन्य बोनसका योजना अन्तर्गत समेत कमाई गर्न सक्नेछन। र सो रकम जुनसुकै प्रयोजनका लागि समेत प्रयोग गर्न सक्नेछन।

 

 

यसरि कमाई गर्नका लागि हाम्रो नियम र सर्तहरु लागु हुनेछ र हाम्रो फेसबुक पेजमा जोडिएर दैनिक उच्च कमाई गर्ने ग्राहक र कमाईको प्रक्रिया हेर्न सक्नुहुनेछ जुन निम्न रहेका छन:-

रेफर कर्ताले कमाई निम्नानुसार गर्ने छ?

  • लिंक प्रप्त गर्ने ब्यक्तिले आफ्नो मोरु खाता दर्ता गर्दा लिंक प्रदान गर्ने व्यक्तिले रु.९.९९ प्राप्त गर्नेछ।

उदाहरणका लागि पिकेले मोरु दर्ता गर्नकालागि केपि लाई भन्छ भने¸केपिले मोरु दर्ता सफलतापुर्वक गरेपछि पिकेले रू.९.९९ प्राप्त गर्नेछ भने लिंक प्रप्त गर्ने ब्यक्ति केपिले आफ्नो मोरु खाता दर्ता गर्दा रू.६.६६ प्राप्त गर्नेछ।

  • लिंक प्रप्त गर्ने ब्यक्तिको पहिलो ३ कारोबारमा लिंक प्रदान गर्नेले रु.५.५६ प्रति कारोबारमा प्राप्त गर्नेछ ।

 उदाहरणका लागि यदि केपिले एक मोवाईल टपअप वा अन्य कुनै बिल भुक्तानि गर्छ भने पिकेले पुन: रु.५.५६, ३ वटा कारोबार सम्म प्राप्त गर्नेछ।

यसरि केपिलाई डिजिटल केपि बन्नमा प्रेरित गरे वापत पिकेले रु.२६.६७ प्राप्त गर्न सक्नेछ भने केपिले डिजिटल केपि बने बापत रु।६.६६ प्राप्त गर्न सक्नेछ। यसरि डिजिटल सेनामा नियुक्ति गराउदा रु.२६.६७ र नियुक्ति हुदा रु। ६.६६ मोरु बोनस प्राप्त हुनेछ।

जानकारी:

          लिंक प्रदान गर्ने व्यक्ति (रेफरर): रेजिष्टर्ड MORU प्रयोगकर्ताहरू जसले निम्ता पठाउने छन्

 

          क प्रप्त गर्ने ब्यक्ति (रेफरी): एक व्यक्ति जसले रेफररबाट निमन्त्रणा प्राप्त गर्दछ।

 

           KYC : आफ्नो ग्राहकलाई चिन्ने विवरणहरू जुन रेफरीले भर्नु पर्छ।

 

    कारोबार : कुनै पनि प्रकारको बिल भुक्तानी र टपअप (न्यूनतम रकम -१० रु।) उनीहरूको मोरो खाता मार्फत रेफरीले गर्नुपर्ने।

 

 

तपाईं कसरी भाग लिन सक्नुहुन्छ?

१. मोरूमा दर्ता गर्नुहोस्।

२. KYC प्रमाणित गर्न सबै विवरणहरू भर्नुहोस्।

 

यति गरेपछि तपाँई कमाई गर्नका लागि सक्षम हुनुहुनेछ

          अब तपाईको मोरु वालेटको प्रोफाईलमा क्लिक गर्नुहोस्।

          एप सेटिङका रहेको रेफर एण्डको अप्सनमा क्लिक गर्नुहोस्।

          एन्ड्रोईड वा आईओएस मध्ये एक अप्सन छनौट गर्नुहोस्।

          सामाजिक संजालको माध्यम बाट आफ्नो साथि परिवार र आफन्तलाई आफ्नो रेफरल लिंक शेयर गर्नुहोस र उनिहरुलाई आफ्नो डिजिटल जिवन सुरु गर्न मद्धत गर्नुहोस र उनिहरुको हरेक कारोवारमा कमाई गर्नुहोस्।

 

नियम तथा सर्तहरु:

. मोरुले कुनै सुचनाबिना नै कुनै कुरा बदल्न वा परिबर्तन गर्ने अधिकार राख्दछ ।

. यो योजना थप २०,००० रेफरलका लागि मात्र लागु हुनेछ।

. पहिलो ३ कारोबारको बोनस मात्र टप-अप, बिल भुक्तानी गर्दा लागू हुनेछ ।

. पुरस्कार तब कमाईन्छ जब रेफर र रेफरिको मोबाईल फरक फरक छ ।

. यदि एउटै मोबाईलमा एक भन्दा बढि खाताहरु लगइन गरिन्छ भने मोरुले स्वत रुपमा सक्रिय हुनबाट बन्चित गर्ने छ ।

डिजिटल सेना- II

अब मोरु डिजिटल वालेटले डिजिटल सेनाको भर्तिको लागि आह्वान गरेको छ । के तपाईं नेपालमा डिजिटल अर्थव्यवस्थाको आधारशिलाको रुपमा सेवा गर्न चाहनुहुन्छ, जसका लागि मोरु तपाईको लागि एउटा महत्वपूर्ण माध्यम हुनसक्छ। 

एक डिजिटल सेनाको रुपमा तपाईले कति व्यक्तिलाई डिजिटल प्रेरणा दिन सक्नुहुन्छ र डिजिटल  अर्थव्यवस्था तिर लैजान सक्नुहुन्छ भन्ने आधार द्वारा मोरुले तपाईलाई कमाईको अवसर प्रदान गर्नेछ। जस अन्तर्गत अनवीज्ञ व्यक्तिहरुलाई उनिहरुको डिजिटल जीवन सुरु गर्न र हौसला प्रदान गर्न सक्नुहुनेछ ।

एक डिजिटल सेनाको रुपमा तपाईले आफ्नो र तपाइको क्षेत्रका सम्पूर्ण व्यक्तिहरुलाई डिजिटल प्रेरणा प्रदान गर्न सक्नुहुनेछ  ।

डिजिटल सेना कसरी भाग लिन सक्नुहुन्छ?

१. मोरूमा दर्ता गर्नुहोस्।

२. KYC प्रमाणित गर्न सबै विवरणहरू भर्नुहोस्।

यति गरेपछि तपाँई कमाई गर्नका लागि सक्षम हुनुहुनेछ

          अब तपाईको मोरु वालेटको प्रोफाईलमा क्लिक गर्नुहोस्।

          एप सेटिङ्गमा रहेको रेफर एण्डको अप्सनमा क्लिक गर्नुहोस्।

          एन्ड्रोईड वा आईओएस मध्ये एक अप्सन छनौट गर्नुहोस्।

          सामाजिक संजालको माध्यमबाट आफ्नो साथी  परिवार र आफन्तलाई आफ्नो रेफरल लिङ्क शेयर गर्नुहोस र उनिहरुलाई आफ्नो डिजिटल जिवन सुरु गर्न मद्दत गर्नुहोस र उनिहरुको हरेक कारोवारमा कमाई गर्नुहोस्। 

जसका लागि तपाईले गर्नु पर्ने काम:

       १.      मोरु एपमा भएको आफ्नो रेफरल लिङ्क शेयर गर्नु पर्नेछ।

       २.      लिङ्क प्राप्त गर्ने व्यक्तिलाई डिजिटल जिवन कसरि उपयुक्त छ र यसको बारेमा जानकारी

            प्रदान गर्नुहोस्।

      ३.      डिजिटल कारोबार गर्नका लागि आह्वान र सहयोग गर्नुहोस्।

     कमाई कसरी हुनेछ :

       –          जब लिङ्क प्राप्त गर्ने ब्यक्तिले आफ्नो मोरु खाता दर्ता गर्नुहुनेछ तपाईले रु ७.७७ प्राप्त गर्नुहुनेछ।

       –          जव लिङ्क प्राप्त गर्ने ब्यक्तिले आफ्नो KYC प्रमाणित गराउनुहुन्छ तपाईले रु ३.३३ प्राप्त          गर्नुहुनेछ।

          जब लिङ्क प्राप्त गर्ने ब्यक्तिले आफ्नो मोरु वालेटबाट पहिलो २० वटा कारोवार गर्छन तपाईले सो कारोवार वापत रु १.११ का दरले मोरु बोनस प्राप्त गर्न सक्नुहुनेछ।

यसरी तपाईले एक व्यक्तिलाई डिजिटल प्रेरणा प्रदान गरेर मोरुबाट रु ३३.३ सम्म कमाई गर्न सक्नुहुनेछ।

साथै डिजिटल जिवन शुरु गर्ने व्यक्तिले समेत बोनस प्राप्त गर्नुहुनेछ।

१.      दर्तामा रु ५.५५

२.      KYC मा रु ३.६

३.      प्रत्यक पहिलो २० कारोवारमा ०.१ का दरले कमाई गर्नुहुनेछ।

यस योजनामा रु ११.१ सम्म बोनस प्राप्त गर्नहुनेछ।

 यसरी कमाई गर्नका लागि हाम्रो नियम र सर्तहरु लागु हुनेछ र हाम्रो फेसबुक पेजमा जोडिएर दैनिक उच्च कमाई गर्ने ग्राहक र कमाईको प्रक्रिया हेर्न सक्नुहुनेछ जुन निम्न रहेकाे छ :-

रेफर कर्ताले कमाई निम्नानुसार गर्नुहुने छः

  • लिङ्क प्राप्त गर्ने ब्यक्तिले आफ्नो मोरु खाता दर्ता गर्दा लिङ्क प्रदान गर्ने व्यक्तिले रु ७.७७ प्राप्त गर्नुहुनेछ।

उदाहरणका लागि पिकेले मोरु दर्ता गर्नकालागि केपिलाई भन्छ भने¸पिकेले मोरु दर्ता सफलतापुर्वक गरेपछि पिकेले रु ७.७७ प्राप्त गर्नेछ भने लिङ्क प्राप्त गर्ने केपिले आफ्नो मोरु खाता दर्ता गर्दा रु ५.५५ प्राप्त गर्नुहुनेछ।

  • लिङ्क प्राप्त गर्ने ब्यक्तिले आफ्नो मोरु KYC प्रमाणित गराएपछि लिङ्क प्रदान गर्ने व्यक्तिले रु ३.३३ प्राप्त गर्नुहुनेछ भने KYC प्रमाणित गर्नेले ३.६ प्राप्त गर्नुहुनेछ।

उदाहरणका लागि यदि केपिले KYC का लागि सबै विवरण भर्छ र यसलाई प्रमाणित गराउँछ भने पिकेले अर्को रु ३.३३ बोनस प्राप्त गर्नेछ र केपिले ३.६ बोनस प्राप्त गर्नेछ।

  • लिङ्क प्राप्त गर्ने ब्यक्तिको पहिलो २० कारोबारमा लिङ्क प्रदान गर्नेले रु १.१ प्राप्त गर्नेछ भने कारोवार गर्ने ब्यक्तिले पहिलो २० कारोबारमा रु ०.१ प्राप्त गर्नेछ।

उदाहरणका लागि यदि केपिले मोवाईल टपअप वा अन्य कुनै बिल भुक्तानि गर्छ भने पिकेले पुन: रु. १.१, २० वटा कारोबार सम्म प्राप्त गर्नेछ भने केपिले मोवाईल टपअप वा अन्य कुनै बिल भुक्तानि गर्छ भने रु. ०.१ बोनस २० वटा कारोबारसम्म प्राप्त गर्नेछ । यसरि केपिलाई डिजिटल केपि बन्नमा प्रेरित गरे वापत पिकेले रु ३३.३ प्राप्त गर्न सक्नेछ भने केपिले डिजिटल केपि बने बापत रु ११.१ प्राप्त गर्न सक्नेछ। यसरि डिजिटल सेनामा नियुक्ति गराउदा रु ३३.३ र नियुक्ति हुदा रु ११.१ मोरु बोनस प्राप्त हुनेछ।

जानकारी:

  •   लिङ्क प्रदान गर्ने व्यक्ति (रेफरर): रेजिष्टर्ड MORU प्रयोगकर्ताहरू जसले निम्ता पठाउने छन्
  • लिंक  प्राप्त गर्ने ब्यक्ति (रेफरी): एक व्यक्ति जसले रेफररबाट निमन्त्रणा प्राप्त गर्दछ।   
  •  KYC : आफ्नो ग्राहकलाई चिन्ने विवरणहरू जुन रेफरीले भर्नु पर्छ।
  • कारोबार : कुनै पनि प्रकारको रेफरीले गर्न बिल भुक्तानी, टपअप, पैसा पठाउने (न्यूनतम रकम -रु.१०।)।

नियम तथा सर्तहरु:

. मोरुले कुनै सुचनाबिना नै कुनै कुरा बदल्न वा परिबर्तन गर्ने अधिकार राख्दछ ।

. डिजिटल सेनाको दोश्रो ब्याच असार ८-२०७८ सम्म रहने छ ।

. पहिलो २० कारोबारको पुरस्कार मात्र पैसा पठाउन टप-अप बिजुलीको बिल पानी,टेलिफोन ,ईन्टरनेट बिल भुक्तान गर्दा लागू हुनेछ ।

. पुरस्कार तब कमाईन्छ जब रेफरर र रेफरिको मोबाईल फरक फरक छ ।

. यदि एउटै मोबाईलमा एक भन्दा बढि खाताहरु लगइन गरिन्छ भने मोरुले स्वत रुपमा सक्रिय हुनबाट बञ्चित गर्ने छ । 

 

 

 

 

 

 

 

 

 

 

 

सिफारिस कर्ताहरुसामु निर्मित व्यवसाय

सिफारीस भनेको बजारमा नयाँ ग्रहकहरुलाइ प्रवेश गराउनु हो। यहाँ पुरानो ग्राहकहरुको माध्यम बाट यस्ता कग्राहकहरुलाइ बजारमा प्रवेश गराइन्छ। जसबाट उत्कृष्ट ग्राहक प्राप्तिको सम्भावना रहन्छ। भने उच्च बिक्रिकी पनि वसम्भावना रहन्छ। कम बजारक्षेत्र ओगटेको व्यवसायका लागि यो रणनिति प्रभावकारी हुन्छ। ठूला वा साना जुन  सुकै प्रकृतिका व्यवसायलाइ योरणनिति उपयुक्त हुन्छ।

  • उपयुक्त योजना तयार गर्ने

ग्राहकहरुलाइ व्यवसाय तर्फ आकर्शित गर्न आकर्शक योजनाहरुको तयार गर्नु पर्दछ। जसमा बिभिन्न अवसर तथा पुरस्कारको व्यवस्था गर्नु पर्दछ। कम्पनिले आकर्शक कोडहरु तथा उपयुक्त नामका साथमा बिक्री प्रक्रिया अगाडि बढाउनु पर्दछ। अधिक ग्रहकहरुको पहिचान भएको सञ्जाल मार्फत बिक्रि प्रक्रिया अगाडि बढाउनु पर्दछ। यहाँ धेरै सम्भावित लाभहरु प्राप्त गर्न सकिन्छ। त्यसकारण बिक्रि रणनिति उपयुक्त बनाउनु पर्दछ।

  • अन्तरक्रियात्मक कार्यक्रम

कम्पनिले अन्तरक्रियात्मक कार्यहरू संचालन गर्नु पर्दछ। जुन व्यवसायलाइ स-फलताको बाटोमा लैजाने महत्वपुर्ण माध्यम हो। व्यवसायको उचित उत्पदन ग्राहकहरु समक्ष पुर्याउन यसले मद्धत ग्रदछ। यो कार्यहरुद्धारा ग्राहकहरुलाइ उत्प्रेरित गर्न, संगठित गर्न सकिन्छ। जसले ग्राहक बफादारितामा मद्धत पुर्याउदछ। उनिहरुको फरक फरक बिचाहरु संकलन गर्न र ग्राहकमुखि सेवाहरु प्रदान गर्नकालागि व्यवसायलाइ मद्दत गर्दछ।

  • अवसर भएका ग्राहकहरुको पहिचान

सिफारिस भन्नाले अवसर बोकेका ग्राहकहरुको बारेमा जानकारी लिइ ग्राहकहरुको बृद्धि गर्नु हो। जहाँ आफ्ना पुराना ग्राहकहरुलाइ आफ्नो उत्पादनको बारेमा नयाँ ग्राहकहरुलाइ जानकारी गराउन अनुरोध गर्न सकिन्छ। त्यस्ता कार्यहरु गर्दा नियम र सर्तहरु भने स्पष्ट बनाउनु पर्दछ।

  • दोहोरो पुरस्कारको व्यवस्था

बजार बृदि गर्नका लागि बिशेष ग्राहकहरुलाइ उच्च कदर दिनु पर्दछ। जसका लागि उनिहरुलाइ समयमै पुरस्कार तथा उपहारको व्यवस्था गर्नु पर्दछ। यस्ता कार्यहरुको बारेमा उपयुक्त रणनिति योजना निर्माण गर्नका लागि एकतृत हुनु पर्दछ। उपहार तथा पुरस्कार घोषणा गर्ने महत्वपुर्ण आधारका रुपमा सिफारिसलाइ लिन सकिन्छ।

  • सञ्चार

ग्राहकहरुलाइ आफू प्रति आकर्षित गर्नका लागि बिभिन्न अवसरहरुको जानकारि गराउनु पर्दछ। ग्राहकहरुलाइ आफु तर्फ आकर्षण गर्ने उपयुक्त माध्यम सञ्चार हो। त्यसैले आफ्ना बिभिन्न योजनाहरुको बारेमा ग्राहकलाइ व्यक्तिगत रुपमा जानकारी गराउनु पर्दछ। जसका लागि सामाजिक सञ्जालका स्रोतहरु महत्वपुर्ण पाटोका रुपमा स्थापित भएको छ। त्यसैले आफ्नो व्यवसायको उत्पादन बारे सञ्चरका माध्यमहरुद्धारा प्रसाण गर्न सकिन्छ।

संगठनको बिक्रि बृद्दीका ३ महत्वपुर्ण कार्यहरु

बिक्रिको उच्च बृदी कुनै पनि व्यवसायको महत्वपुर्ण तथा अपेक्षित उपलब्धि हो। अधिक बिक्रिले व्यवसायलाइ प्रतिस्पर्धिहरु समक्ष टिकाइ राख्न मद्दत गर्दछ।बिक्रिमा उच्च बृद्दि हासिल गर्न निम्न चरणहरु पार गर्नु पर्दछ।

  • पहिचान

व्यवसायले उच्च बिक्रि गर्नका लागि बजारको इतिहास, व्यबसायको बिगतका रेकर्डहरु तथा आगामि लक्ष्य जस्ता स्रोतहरुबाट उपयुक्त ज्ञानको पहिचान गर्नु पर्दछ। जस्ले उच्च बिक्रिमा सहयोग गर्दछ । प्राप्त ज्ञानहरुको संकलन गरेर प्रसंग अनुसारको बिश्लेषण गर्नका लागि भिन्न भिन्न बिभागहरुमा बितरण गर्नुपर्दछ। त्यसलाइ उपयुक्त बिश्लेषण तथा समिक्षा गरी कार्यन्वयन गर्नु पर्दछ जसले उच्च बिक्रि हासिल गर्न मद्दत गर्दछ।

  • मिसावट

कुनै पनि संगठनले आफ्नो तागात र कमजोरिको पहिचान गर्नु पर्दछ। संस्थाको बिक्रीमा बृद्दि ल्याउनकालागि त्यस्ता पक्षहरुका बारेमा आवश्यक सुधारात्मक कार्यहरु गर्नु पर्दछ। जस्ले संगठनलाइ सहि बाटो तर्फ लैजान मद्दत गर्दछ। यस प्रक्रियामा बारम्बार वा नियमित रुपमा बिभिन्न स्रोतहरुबाट अध्ययन गर्ने तथा त्यसको उचित व्यवस्थापन गर्ने कार्यमा सक्षम रहेमा व्यवसायले लक्ष्य प्राप्ति गर्न सक्दछ। त्यसैले संगठनमा सुधारात्मक नेतृतवको कार्य गर्नु पर्दछ जसले बिक्रि बढाउनकालागि समेत सक्षम भुमिकाको निर्बह गर्दछ।

  • परिणाम

ज्ञान तथा सुधारहरुबाट प्राप्त सकरात्मक परिवर्तनलाइ परिणाम भनिन्छ।यसले संस्थालाइ गुणस्तरिय कार्य सम्पादन तथा उत्पादनमा सहयोग गर्दछ। संगठनको प्रभावकारीता, दक्षतालाइ यसले मार्गदर्शन गर्दछ।त्यसैले सम्पुर्ण बिभागहरु कार्यमा संलग्न हुनु पर्दछ र ज्ञानको कार्यन्वयनले उच्च बिक्रि प्राप्तिमा मद्दत गर्दछ। ग्राहकहरुको माग तथा प्रतिक्रियाले पनि  संस्थाको उच्च बिक्री हासिल गर्न मद्दत गर्दछ।

 

बिक्रिका ५ अवरोधहरु

कुनै पनि संगठनमा भएको गल्ति वा त्रुटिहरुको कारणबाट बिक्रि कार्यमा समस्या आउन सक्दछ। जसका कारण बिक्रिकार्यमा अवरोध आउँदछ। साथै कर्मचारिहरु बिच आपसि समझदारि सद्भाव¸ ज्ञान सिप तथा क्षमताको कमिले पनि बिक्रिमा अवरोध सृजना गराउन सक्दछ। कुनै पनि संगठनमा बिक्रि असफल हुनका पाँच कारणहरु निम्नानुसार हेर्न सकिन्छ।

  • अयोज्ञ नेतृत्व

योजनाहरुको कार्यन्वयन गर्न नेतृत्वले महत्वपुर्ण भुमिका खेल्दछ। यदि समय सापेक्ष नेतृत्वको अभाव भएमा बिक्रि योजनाले अपेक्षित प्रतिफल दिन सक्दैन। नेतृत्वको अभावले बिक्रि कार्यमा असफलता ल्यउनका साथै कर्मचारीहरुको मनोबल घटाउने तथा ग्राहक हरुलाइ राम्रो सेवा दिन नसक्ने भएकाले व्यवसायले आफ्ना सक्रिय ग्राहकहरु गुमाउन सक्दछन जुन व्यवसायको लागि ठूलो असफलता हो।

  • प्रथमिकतामा असफल

कुनै पनि संस्थाहरुमा बिक्रिकार्यमा बिभिन्न किसिमका त्रुटिहरु आउन सक्दछ। जुन नेतृत्वमा प्रथमिकता प्रदान गर्न नसक्नाले हो। समयको उचित परिचालन गर्न नसक्नु यसको प्रमुख कारण हो। प्रथमिकताको अभावका कारण संगठनले आफ्नो लक्ष्य तथा उद्धेश्य प्राप्तिमा असफल रहन सक्दछ । प्रथमिकताको अभावका कारण व्यवसायमा भएका स्रोत तथा साधनको गलत परिचालन हुन सक्दछ,जसले अवसरहरु गुम्ने तथा संस्थालाइ नकारात्मक असर समेत पार्न सक्दछ।

  • ज्ञानको अभाब

बिक्रि असफल हुनको अर्को महत्वपूर्ण कारण ज्ञानको अभाब पनि हो।ज्ञानको अभाबले संगठनात्मक लक्ष्यहासिल गर्न असम्भब छ।जसका कारण कर्मचारीहरुलाइ उचित मार्गदर्शन गराउन सकिदैन त्यसैले बिक्री कार्यमा गल्ति आउँदछ। ज्ञानको अभावका कारण संगठनात्मक लक्ष्य हासिल गर्न सकिदैन किनकी यसले अवसरहरुको सहि सदुपयोग गर्न सकिदैन र संगठनलाइ असफल बनाउँदछ। अन्त्यत संगठन अधिक लाभ लिन असफल बन्दछ।

  • अव्यवस्थित विक्रि

अव्यवस्थित बिक्रिलाइ बिक्रि असफल हुनका प्रमुख कारणका रुपमा लिन सकिन्छ।यसले बस्तुको गुणस्तरमा कमि ल्यउँदछ। यदि संगठनको उत्पादन गुणस्तरीय हुन नसकेमा बस्तु भण्डारमानै रहने हुन्छ जसले भण्डारण लागतमा बृद्धि गराउँदछ।जसकारण बिक्री प्रक्रिया लामो हुनगइ बिक्रि समापनमा बढि समय लाग्ने हुन्छ ‍जुन व्यबसायका लागि नकारात्मक पक्ष हो।जसले गर्दा कर्मचारीहरुमा आफ्नो कार्य प्रति असंतुष्ठ हुने तथा एक आपसमा द्धन्द सृजना हुन सक्दछ।

  • अपर्याप्त प्रतिक्रिया

ग्राहकहरु प्रति अपर्याप्त प्रतिक्रियाका कारण विक्रिमा त्रुटि हुन सक्दछ। अपर्याप्त प्रतिक्रियाले संस्थाप्रति कर्मचारी वा ग्राहककहरुको विश्वाष कम हुन सक्दछ यसले कर्मचारी तथा ग्राहकहरुमा अन्योल उत्पन्न हुनगइ प्रतिस्पर्धिहरुले फाइदा लिन सक्दछन। अपर्याप्त प्रतिक्रियाले संस्थाको नियमित बिक्रिलाइ कम गर्ने गर्दछ, जसले लक्ष्य हासिल गर्न तथा उच्च बिक्रि गर्नका लागि समस्या ल्यउदछ।

अधिक बिक्री

कुनै पनि संगठनको प्रमुख लक्ष्य भनेको नै बिक्रि अधिक गर्नु हो । जसकालागी संगठनले गुणस्तरीय बस्तुको उत्पादनमा जोड दिनु पर्दछ। उपभोक्तालाइ संतुष्ठि प्रदान गर्ने तथा वातावरण अनुकुल बस्तुको उत्पादनमा अग्रसर हुन आवश्यक छ। संगठनले बिक्री अधिक गर्न निम्न कार्यहरु अबलम्बन गर्नु उपयुक्त हुनेछ।

१ . नियमित ग्राहक

व्यबसायको प्रमुख पक्षका रुपमा ग्राहकहरु रहने गर्दछन । व्यबसायले ग्राहकहरुलाइ आकर्शण गर्नका लागि बिभिन्न अवसरहरुको व्यवस्था गर्नु पर्दछ जस्तैः बिषेश छुटको व्यवस्था गर्ने, बस्तुका  बारेमा जानकारी प्रदान गर्ने, बिक्रीको प्रस्ताव गर्ने यस्ता कार्यरु गरेमा नियमित ग्राहकहरुलाइ आकर्षण गर्न सकिन्छ। ग्राहकसँग बारम्बार संम्पर्कमा रहने जस्ता कार्यहरु गरेमा बस्तुतथा सेवाको प्रचार प्रसार हुन गइ अधिक बिक्रि कार्यमा सफलता हासिल ग्रर्न सकिन्छ।

 

२ . कम बिक्रि हुने उत्पादनलाइ सुचिबाट हटाउने

बजारमा व्यवसायको छविकायम राख्नकालागि बिक्रि प्रक्रीया महत्वपुर्ण पक्ष हो। त्यसैले उत्पादन गुणस्तरीय र ग्राहकहरुको आवश्यकता पुरा गर्ने प्रकृतिको हुनुपर्छ। आजको समयमा हरेक ग्राहकहरुले गुणस्तरीय र भरपर्दो बस्तुको उपभोग गर्न रुचाउँछन त्यसैले व्यवसाले गुणस्तरीय बस्तु उत्पादन गर्ने र ग्राहकको चाहाना तथा कम बिक्रिहुने बस्तुको पहिचान गरी सो बस्तुलाइ उत्पादन सुचिबाट हटाउनु पर्दछ।

 

३ . बजार अन्वेशण र विस्तार गर्ने

बजार बिभिन्न बस्तु तथा सेवाको आदान प्रदान हुने स्थान हो । यदि संगठनले वास्तविक बजारको खोजि तथा बिस्तार गर्न सकेमा आफ्नो लक्ष्य हासिल गर्न सक्दछ।  आजको समयमा धेरै संस्थाहरुले एक आपसमा मिलेर पनि फाइदा लिइ रहेका छन। त्यसैले एक आपसमा मिलेर व्यवसाय सञ्चालन गरेर पनि बजार विस्तार गर्न सकिन्छ। जस कारण बजारको अधिक भाग ओगट्न सफल हुन्छ।

 

४ . उपयुक्त बिक्री प्रक्रिय

अधिक बिक्रि गर्नका लागि कंम्पनिले एक प्रभावकारी बिक्री प्रक्रियाको अवलम्बन गर्नु पर्दछ। जसले बिक्रिका लागि एक महत्वपुरुण भुमिका खेल्दछ र अनावश्यक प्रक्रियाहरुलाइ हटाउदै उचित प्रक्रियाको अबलम्बन गर्न मद्धत गर्दछ साथै आवश्यक लक्ष्य प्राप्तिमा सहज तथा समयको बचत गर्न समेत सहयोग गर्दछ। यो प्रक्रियाले कम्पनिको अतिरिक्त लागतलाइ कम गरि व्यवसायलाइ सफल बनाउन मद्धत गर्दछ। जसले गर्दा प्रतिस्पर्धिहरुलाइ परास्त गरी अघि बढ्न सकिन्छ।

 

५ . नविन दृस्टिकोणहरुको प्रयोग

परम्परागत प्रक्रियाहरु भन्दा बिक्रि अधिकतम गर्नका लागि आधुनिक प्रक्रियाहरुको आवश्यकता पर्दछ। आजको समयमा बजार निरन्तर रुपमा परिवर्तन भइरहने भएकाले व्यवसायले ग्राहकहरुलाइ केहि नविन अनुभव प्रदान गर्ने प्रकृतिका सेवाहरु प्रदान गर्नु पर्दछ। आजको समयमा ग्राहकहरुले माग गरेकको बस्तु तथा सेवा तुरुन्त उपभोग गर्न चाहान्छन जसका लागि होम डेलिभरीको सुविदा प्रदान गर्नु पर्दछ। त्यस्तै आफ्नो उत्पादनलाइ स्थानिय स्तरमा सजिलै प्रप्त गर्नेसक्ने प्रकृया अवलम्बन गर्नु पर्दछ। जस्ले गेदा ग्राहको समय बचत हुन गइ ग्राहकहरु व्यवसाय प्रति सकरात्मक बन्दछन। व्यववसायले बिक्रि अधिक गर्नका लागि बिभिन्न सञ्चारका कमाध्यमहरु प्रयोग गर्नु पर्दछ जसले अधिक ग्राहक समेट्न सद्धत गर्दछ।

सझेदारी कारर्यक्रम

साझेदारी कार्यक्रम एक व्यवसायिक रणनितिको कार्य हो। साझेदारि कार्यले व्यवसायिक साझेदारहरुलाइ तिब्रगतिमा कार्य सम्पादन गर्न अभिप्रेरित गर्दछ ।

साझेदारी कार्यक्रम

साझेदारी कार्य एक जटिल कार्यको रुपमा रहेको छ । साना संगठनहरुका लागि यो एकदमै जटिल¸ महंगो र व्यवसायिक लक्ष्य प्राप्तिमासमेत कठिनाइ उत्पन्न गराउने प्रकृतिको हुन्छ। त्यसैले यो ठूला व्यवसायीक कंम्पनि तथा व्यवसायहरुका लागि मात्र उपयुक्त मान्न सकिन्छ। किनकि त्यस्ता संगठमा अधिक लगानिकर्ताहरु रहने गर्दछन । यसरी साझेदारी कार्य गर्दा साझेदार संस्था वा व्यवसायले उनिहरुको ग्राहकको व्यक्तिगत विवरण तथा पुर्ण जानकारी सुरक्षित रुपमा संकलन गरेका छन  या छैनन त्यस कुराको बारेमा पूर्ण जानकार हुन अत्यावसेक छ। साझेदारहरुबिचमा व्यबहारीक विस्वास रहनु पर्दछ र प्रत्येक साझेदारलाइ छुट्टा छुट्टै व्यवस्थापन समेत गर्नु पर्दछ। जसका लागि एक छुट्टै प्राविधिक प्रणालिको समेत बिकाष गराउन अत्यावसेक हुन्छ।

साझेदारी कार्यक्रम तयार पार्ने प्रक्रीयाहरु

  • साझेदारहरुको प्रोफाइल तयार गर्ने¸ विभिन्न स्रोतहरु (शोसल मिडिया) बाट विवरणहरु संकलन गर्ने
  • संम्भावित ग्राहकहरुको बारेमा जानकारी प्राप्त गर्ने र उनिहरुलाइ प्राथमिकता दिएको महसुस गराइ शसक्तरुपमा लागि पर्ने
  • बिशेष कर्मचारी योजना तयार गराउने र साझेदारहरुको लाभ तथा लागत गणना गराउने

 

कसरि प्रभावकारी साझरेदार कार्यक्रम बनाउने

व्यापार बिस्तार गर्न भिन्न भिन्न क्षेत्रहरुबाट साझेदारहरु लिने उनिहरुलाइ संगठनमा आबद्ध गराउने र समस्याहरु समाधानमा कार्य गर्ने। सत्य तथा यथार्थ जानकारी प्राप्त गर्न विश्वासिलो र भरपर्दो साझेदारको नियुक्ति गर्ने। साझेदारहरुलाइ औपचारीक तथा अनौपचारीक कर्यक्रमहरुमा सहभागि गराउने जसकारण बलियो र दिगो सम्बन्ध कायम गराइ व्यवसायिक लाभ प्राप्तिमा सकारात्मक प्रभाव पर्न जान्छ।

व्यक्तिगत भिडियोको ३ दृष्टिकोण

सम्भावित ग्राहकहरुलाइ जोड्ने एक महत्वपुर्ण माध्यम व्यक्तिगत भिडियो हो। व्यक्तिगत भिडियो भन्नाले कुनै पनि व्यवसायले आफ्ना ग्राहकहरु प्रति लक्षित भएर तयार पारेको जानकारीमुलक सन्देशलाइ बुझ्नु पर्नेहुन्छ। व्यक्तिगत भिडियोले  बिक्रि प्रक्रियामा महत्वपुर्ण भुमिका खेल्दछ, त्यसैले व्यक्तिगत भिडियोहरु आफ्ना व्यक्तिगत ग्राहकरुलाइ पठाउन तथा सामाजिक सञ्जालहरुमा समावेश  गराउन सकिन्छ। व्यक्तिगत भिडियोका दृष्टिकोणहरु निम्नानुसार अध्ययन गर्न सकिन्छ।

.थप भिडियोहरु

मानिसहरुले भिडियोको माध्यमद्धारा अधिक ज्ञान तथा जानकारीहरु प्राप्त गर्न सक्दछन। भिडियोहरुको माध्यमद्वारा ग्राहकहरुलाइ उत्पादनका बारेमा जानकारीहरु गराउन सकिन्छ। ग्राहकरहरुलाइ भिडियोद्वारा उत्पादीत बस्तुहरु दैनिक जीवनमा कसरी प्रयोग गर्ने भन्नेबारे जानकारी प्रदान गर्न सकिन्छ। यो बिशेष व्यक्तिमा मात्र केन्द्रित हुनुहुदैन अर्थात भिडियोहरुमा स्थानिय वा व्यक्तिगत भाषाहरु प्रयोग गर्नु पर्दछ ताकि फरक-फरक समुदायका व्यक्तिले पनि यो भिडियो बुझ्न सकुन।

२.इमेलमा भिडियोको लिंकहरुको समावेश

बिभिन्न व्यक्तिहरुलाइ सन्देश पठाँउने उपयुक्त माध्यम इमेल हो। जहाँ व्यवसायको भिडियोहरुको लिंक समावेश गर्न सकिन्छ। भिडियो हरुको लिंक समावेश गर्दा यथार्थ जनाकारी प्रदान गर्ने प्रकृतीको हुनुपर्दछ। जसले ग्राहकहरुलाइ सो भिडियो हेर्न आकर्षित गर्न सकोस। इमेलमा भिडियो समावेश गर्दा छोटो प्रभावकारी र ग्राहकहरुले बुझ्न सक्ने प्रकारका सन्देशहरु समावेश गर्नु पर्दछ। साथै व्यवसायले आफ्नो भिडयो हेर्नकालागि अनुरोध पनि गर्नु पर्दछ जस्ले गर्दा ग्राहकहरुलाइ आकर्शित गर्न मद्धत गर्दछ।

.सामाजिक संजालहरुमा भिडियो

आजको समयमा सबैभन्दा बढि प्रयोग हुने सामाजिक सञ्जालहरु जस्तै, फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम आदि हुन। कुनैपनि भिडियो सामाजिक सञ्जालमा समावेश गर्दा त्यसको वास्तविक लिंकहरु समावेश गर्नु पर्दछ ताकी ग्राहकहरुले सहि सुचना प्राप्त गर्न सकुन। यसरी भिडयो समावेश गर्दा ग्राहकहरुको समय रुचिलाइ ध्यानमा राखि छोटो तथा सुचनात्मक भिडियोहरु मात्र सामाजिक सञ्जालहरुमा समावेश गर्नु पर्दछ जस्ले छोटो समयमा सम्पूर्ण जानकारी स्पष्ट रुपमा प्रदान गर्न सकोष।

गुनासोहरुको समाधान

कुनै पनि संगठनमा ग्राहक वा कर्मचारीहरुले आफ्नो गुनासो व्यक्त गर्न सक्दछन। गुनासो संगठन भित्रको बिवाद हो भन्न सकिन्छ। कुनैपनि संगठनले आफ्ना ग्राहक कर्मचारी तथा शेयर धनीहरुसँग सुमधुर सम्बन्ध कायम गर्नका लागि गुनासो समाधान गर्ने क्षमता राखनु पर्दछ।

गुनासो समाधान गर्ने तरीकाहरुः-

१. उचित प्रक्रियाको छनौट

गुनासो समाधान गर्नकालागि सर्बप्रथम उचित प्रक्रियाको छनौट गर्नु पर्दछ। जहाँ प्रत्येक प्रक्रियाका लागि एक बिज्ञको आवश्यकता पर्दछ। जसले गर्दा कुनै समस्या उत्पन्न नभइ समस्या समाधान गर्न सहज वातावरण सृजना हुन्छ। यसले गर्दा व्यवसायिक लक्ष्य हासिल गर्न तथा संस्थाको सफलतामा समेत सकारात्मक प्रभाव पर्न सक्दछ। त्यसैले कुनै कार्य बढाउनु अघि उचित प्रक्रियाको छनौट गर्न अत्यावसेक छ।

 

२ . समस्याको जाँच

यस चरणमा उत्पन्न भएको द्वन्द वा गुनासोको बिशिष्ट तरीकाले परिक्षण गर्नु पर्दछ। जुन बिभिन्न कारणहरुबाट उत्पन्न हुने गर्दछ त्यस्ता कारणहरु उत्पन्न हुनुका मुख्य स्रोतहरु पत्ता लगाइ तिनिहरुलाइ उपयुक्त संयन्त्रहरु प्रयोग गरी सहज वातावरणमा समाधान गर्ने प्रयास गर्नु पर्दछ। जस्ले व्यवसायलाइ सहजरुपमा संञ्चालन गर्न मद्धत गर्दछ। यस प्रक्रियाले संगठनलाइ गुनासो सम्बन्धि आवश्यक प्रमाण संकलन गर्न र उपयुक्त निर्णय लिनका लागि समेत सहज वातावरण सृजना गराउँदछ।

 

३. बैठकको तयारी

माथिका चरणहरु पार गरी सकेपछि यस चरणमा प्राप्त भएका प्रमाणहरुका बारेमा छलफल गर्नका लागि बैठक अत्यावश्यक हुन्छ। जसका लागि निश्चित स्थान तयार गरी आवश्यक सबैलाइ जानकारी गराउनु पर्दछ। यस चरणमा उत्पन्न भएका द्वन्द तथा गुनासोको समाधानका लागि आवश्यक सम्पुर्ण कार्यहरु सम्पादन गर्नु पर्दछ। जसले व्यवसायलाइ भविष्यमा कुनै पनि प्रकारको समस्या नल्याउने गरि निर्णयहरु तयार गर्नु पर्दछ।

 

४ . आफ्नो निर्णय लिने

यस चरणमा प्राप्त भएका प्रमाणहरुको बिश्लेषण पछि उपयुक्त निश्कर्ष निकाल्नु पर्दछ।सबै पक्षलाइ संन्तुष्ठ  पार्ने प्रकृतिको तथा दोहोरो अर्थ नलाग्ने निर्णय तयार गर्नु पर्दछ जसले संस्थामा सुमधुर सम्बन्ध कायम गर्न मद्धत गर्दछ। यदि कुनै असंतुष्टि आएमा त्यसको उपयुक्त कारण खोजि त्यसलाइ समाधान गर्नु पर्दछ।जसले निर्णयकर्ताको कार्यमा सकारात्मक प्रभाव पर्नगइ संस्थागत सफलता समेत हासिल गर्न मद्धत गर्दछ।

 

५ . कार्यन्वयन गर्ने

छलफल पछि संस्थाले निर्णयमा आधारीत योजनाहरुको कार्यन्वयन गर्नु उपयुक्त हुन्छ र त्यस्ता समस्याहरुबाट बच्नका लागि केहि नयाँ प्रकृतिका कार्यहरुको थालनि गर्नु पर्दछ। निर्णयहरुबाट आएका कुराहरुको कार्यन्वयन गर्न अत्याश्यक छ। जसले चालु प्रक्रियाहरुमा फेर बदल समेत गराउन सक्दछ। त्यस कारण संगठनले सम्पुर्ण निर्णय तथा कागजात हरूको उचित व्यवस्थापन गरेर भविष्यमा आइपर्ने समस्याहरुको प्रमाणका रुपमा सुरक्षित राख्नु पर्दछ। यसले संगठनलाइ सहज रुपमा संचालन गर्न र भविष्यमा आइपर्ने बिभिन्न समस्याहरुबाट समेत बचाइ राख्न महत्वपुर्ण भुमिका निर्वाह गर्दछ।

६ तरीकाहरुको पालना

कुनै पनि संगठनलाइ बिकाष तथा बिस्तार गर्नका लागि उचित सुझावहरुको आवश्यकता पर्दछ। ग्राहकहरुसँग सुमधुर सम्बन्ध कायम गर्नका लागि एकपछि अर्को कार्यहरु सफलतापुर्वक सम्पादन गर्दै जानु पर्ने हुन्छ। यसले ग्राहको मनमा संस्थाप्रती सकारात्मक सोच निर्माण गर्नका साथै ग्राहक प्रति संस्थाको बलियो छाप राख्न मद्धत गर्दछ।

१ . व्यक्तिगत उपस्थति

व्यक्तिगत उपस्थिति भनेको कुनै घटना वा कार्यक्रममा आफूलाइ समावेश  गराउनु हो। जहाँ ग्राहकहरुको कुरा सुन्ने, बिचार गर्ने तथा त्यसका बारेमा अनुसरण गर्ने गर्नु पर्दछ। ग्राहकहरुलाइ आफ्नो उपस्थिति महसुस गराउन उनिहरु समक्ष पुग्नु पर्दछ। कुनै पनि बिषयमा आफ्नो बिचार व्यक्त गर्ने तथा सक्रिय कुराकानि गर्ने कार्यहरु यस चरणमा पर्दछ। जसले गर्दा ग्राहकहरुलाइ प्रभाबपारी भविष्यमा बिभिन्न सम्झौताहरु गर्न महत्वपुर्ण भुमिका खेल्दछ।

 

२ . बास्तविक ध्यान

ग्राहक समक्ष उपयुक्त वार्तालाप गर्ने र वास्तविकता अवगत गराउने कार्य यस चरणमा पर्दछ। ग्राहकहरुसँग प्रसंशनिय सम्वादहरु प्रयोग गर्ने प्रयास गर्नु पर्दछ। जहाँ आफुले गरेको अनुभव हरुलाइ आधार बनाइ ग्राहक समक्ष सान्दर्भिक कुराहरु प्रदान गर्ने प्रयास गर्नु पर्दछ जसले उनिहरुसँग सधै जोडिरहन मद्धत गर्दछ।

 

३ . सरलता

जब ग्राहकहरुसँग छलफल तथा बार्तालाप सम्पन्न हुन्छ तव उनिहरुलाइ आफ्नो व्यवसायको बारेमा संन्देश दिन सकिन्छ। यसरि संन्देश प्रदान गर्दा सरल माध्यमको प्रयोग गर्नु पर्दछ। उनिहरुको सकरात्मक जवाफको प्रतिक्षा गर्ने, एउटै संदेशमा अधिक जानकारी समावेश नगर्ने जसले उनिहरुको रुचिमा कमि ल्याउन सक्दछ। त्यकारण आकर्शक जानकारी, मीठो र सरल भाषाको प्रयोगमा जोड दिनुपर्दछ।

 

४ . आफू अघिबढ्नुको वास्तविक कारण प्रकट गर्नु

ग्राहकहरुसँग बारम्मबमार सम्पर्कमा रहनुको स्पष्ट कारण पहिचान गर्नु पर्दछ। ग्राहकको अनुगमन गर्दा त्यस्तो तरिकाले गर्नु पर्दछ की उ व्यवसायप्रति सधै सकारात्मक रहोस र व्यवसायको उत्पादन प्रति आकर्शित र संतुष्ट रहोस। ग्राहक मुल्याङ्कन गर्दा आफनो लक्ष्य तथा यद्देश्य केन्द्रित हुनु पर्दछ सो भन्दा बाहिर गएर कार्य गर्नु हुदैन।

 

५ . समयको बास्तविक महत्व

जुनसुकै ग्राहकको अनुसरण गर्दा पनि समयको बारेमा सचेत ‍हुनु पर्दछ । ग्राहकसँग २४ घण्टाभित्र जोडिने प्रयास गर्नु पर्दछ जसकालागि सहि समयको प्रयोग गर्नु पर्दछ। ग्राहकमुखि समयको पहिचान गरि सोहि समयमा मात्र ग्राहकहरु समक्ष जोडिने प्रयास गर्नु पर्दछ।

 

६ . सामाजिक सञ्जालामा जोडिने

आफ्नो व्यवसायको क्षेत्रलाइ बृद्दि गर्नका लागि सामाजिक सञ्जाल एक महत्वपुर्ण माध्यम हो। त्यसैले आफ्ना लक्षित ग्राहकहरुसँग सम्पर्कमा रहिरहनकालागि सामाजिक सञ्जालहरुको प्रयोग गर्नु पर्दछ जसले आफ्नो सञ्जाल बिस्तार गर्न मद्दत गर्दछ किनकि सामाजिक सञ्जालबाट पुराना ग्राहकहरुले नयाँ ग्राहकहरुलाइ पनि आफूसँग जोड्ने कार्य गर्दछन जसले व्यवसायलाइ सफल बनाउन मद्दत गर्दछ।